२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


बौद्ध धर्मको संरक्षणमा सर्वसंघ


403
Shares

काठमाडौं । नेपाल मण्डलमा समाजलाई व्यवस्थित बनाउन गुठीको व्यवस्था गरिएको थियो । त्यस्तै बौद्ध धर्मको रक्षाका लागि सर्वसंघ स्थापना गरिएको थियो । जसले संगठित रुपमा दैनिक पूजापाठसँगै आवश्यक कार्यहरु गर्ने गर्दछ । यसकै कारण सयौं वर्षदेखि मूर्त अर्मूत सभ्यता र सम्पदा जीवित राख्न सम्भव भएको छ ।

ललितपुरमा रहेको प्रसिद्ध श्री रत्नाकर महाविहार हखबहाल हो । लिच्छवीकालिन यो विहार मल्लकालमा हखबहामा सारिएपछि पाटनदरबार निर्माण गरिएको थियो । तत्कालिन समयमा दरबारसँग संघर्ष गरेर पनि सर्वसंघकै कारण सदस्यहरु एकजुट भएको कारण हालसम्म पनि विहारको अस्तित्वमा रहेको छ । बौद्ध धर्मको रक्षार्थ गुठीसहित सर्वसंघ प्राचिनकालदेखि स्थापना गरिएको थियो । जसले सयौं वषैदेखि संगठित रुपमा दैनिक पूजापाठसँगै आवश्यक कार्यहरु गरेर मौलिक सभ्यता र मूर्त अमूत सम्पदा जीवित राख्दै आएको छ ।

हाल आएर कसैको आर्थिक सहयोग नलिइकनै सर्वसंघका सदस्यहरु मिलेर बहालको मूल विहार जीर्णोद्धार सम्पन्न गरेका छन् । सम्पदा संरक्षणमा सरकारको मात्र मुख ताक्ने प्रवृति रहेको समयमा यसरी संगठित रुपमा सबै सदस्य मिल्नु आफैंमा उदाहरणीय कार्य हो । सर्वसंघका सदस्य करुणारत्न बज्राचार्य सर्वसंघका सदस्यहरु मिलेकै कारण सम्पदाको संरक्षण गर्न सकिएको बताउनुभयो ।

पाटनकै ४२९ वर्ष पूरानो उजोतदेव संस्कारित वनबाहा विहार पनि जीर्णेद्धार कार्य भइरहको छ । यहाँ पनि सर्वसंघका सदस्यहरु एकजुट भएर जीर्णोद्धारको कार्य भइरहको छ । जहाँ पुरानै स्वर्ण जडित झ्याल तथा ढोका बनिरहेको छ भने विभिन्न मूर्ति सहितको काष्ठ कलालाई पुरानै स्वरुपमा रंग्याइएको छ । वनबहाल विहार सुधार समितिका अध्यक्ष शैलेन्द्र वज्राचार्यले वडाको आर्थिक सहयोगमा सबै मिलेर पुननिमार्ण कार्य गरिरहेको बज्राचार्य बताउनुहुन्छ ।

स्वस्थ्य समाज निमार्णका लागि पुर्खाले स्थापना गरेको गुथी लगायतको सर्वसघ अहिलेसम्म जीवित हुनु सभ्यताको निरन्तरता भएको करुणारत्न बताउनुहुन्छ । भावी पुस्ताका लागि पनि सम्पदाको संरक्षण गर्नु नै सभ्यतालाई जीवित राख्नु हो, शैलेन्द्रको भनाई छ ।

हामीले सम्पदा संरक्षणमा सरकारको मात्र मुख ताक्ने होईन । पुर्खाले आफ्नै संघका सदसस्य संगठित रुपमा मिलेर गरेको उत्कृष्ट परम्परालाई कायम गर्न सके अहिले पनि कसैको सहयोग विना नै सम्पदा संरक्षण गर्न सकिन्छ ।