काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नेकपा (माओवादी केन्द्र)लाई घुस खान सिकाएको टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव भुसालले यस्तो टिप्पणी गर्नुभएको हो ।
महासचिव भुसालले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस-एमालेले घुस खान सिकेको बताउनुभयो । कांग्रेस र एमाले दुवै राजनीतिक दलहरु मिलेर माओवादीलाई घुस खान सिकाएको उहाँको भनाइ थियो । उहाँले नसिक्नुपर्ने कुरा बढी सिक्दा मुलुकले अहिले दुःख पाइरहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुले जनताको बहुदलीय जनवाद भनेर राज्य दोहनको काम गरिरहेको बताउनुभयो ।
महासचिव भुसालले (माओवादी केन्द्र) ले २०६२/०६३ मा जनवादी क्रान्ति दाबी गर्नुपर्ने भएपनि नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्