 
	    सिन्धुली । सिन्धुलीमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । सिन्धुलीमा एक वर्षमा २ सय ४६ जोडीले सम्बन्ध विच्छेद गरेको सिन्धुली अदालतको तथ्याङ्कले देखाएको छ ।
गत आर्थिक वर्षमा सिन्धुलीमा सम्बन्ध विच्छेदका लागि दर्ता भएका ३ सय ४१ मुद्दामा, २ सय ४६ फैसला भइसकेका छन् । अदालतमा दर्ता भएको कुल ८ सय ३ मुद्दाको ४३ प्रतिशत अर्थात ३ सय ४१ सम्बन्ध विच्छेद मुद्दा रहेको जनाइएको छ ।
यसैगरी अदालतले एक वर्षमा ६१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा दर्ता भएका ८ सय ३ र जिम्मेवारी सरी आएका ९ सय २४ गरी जम्मा १ हजार ७ सय २७ मुद्दामध्ये १ हजार ६८, ६१ दशमलव ८४ प्रतिशत मुद्दा फर्छ्यौट भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ ।
अदालतको विवरण अनुसार दर्ता भएको ६ सय ५९ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । २ वर्ष नाघेको मुद्दा ४ सय ७५ थान रहेकोमा ३ सय ८२ थान मुद्दा फर्छ्यौट भई ९३ थान मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको अदालतले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्