काठमाडौं । महान्यायाधिवक्ता रमेश वडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताउनुभएको छ ।
बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै महान्यायाधिवक्ता वडालले यस्तो बताउनुभएको हो ।
महान्यायाधिवक्ता वडालले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरु गर्ने बताउनुभयो । उहाँले शिरमा संविधान र कानूनलाई राखेर आफूहरुले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताउनुभयो । अभियोजन गर्दा वस्तुनिष्ठ हिसावमा मात्रै गर्ने प्रतिवद्धता जनाउनुभयो ।
महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेको गर्ने बताउनुभयो । बिगो प्रणालीको मापदण्ड निर्धारण गर्न कार्यदल गठन गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्