एजेन्सी । पेलेस्टाइनी भुमी गाजामा इजरायलले पुन मिसाइल आक्रमण गर्दा ३९ जनाको मृत्यु भएको छ ।
गाजामा संयुक्त राष्ट्र संघले सञ्चालन गर्दै आएको विद्यालयमा मिसाइल प्रहार हँुदा १७ जनाको मृत्यु भएको हो भने ८० जना घाइते भएका छन् ।
सयौं विस्थापित गाजाका मानिसहरूले आश्रय लिएर बसेको उक्त विद्यालय मिसाइल आक्रमणका कारण ध्वस्त भएको छ ।
यसैगरी गाजाको उत्तरी र दक्षिणी रफाह शहरमा भएको आक्रमणमा २२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले गाजाका शरणार्थी शिविरहरुलाई निशाना बनाई आक्रमण गर्दै आएको छ ।
मारिनेमा अधिकाशं बालबालिका रहेका छन् । हमास र इजरायल बीचको युद्धका कारण बिस्थापितहरु शरण लिई बसेको स्थलहरु निशानामा पर्दा युद्ध प्रभावितहरु थप मारमा परेका छन् ।
इजरायलको पछिल्लो आक्रमणको चौतर्फी विरोध भइरहँदा पनि इजरायलले आक्रमण भने रोकेको छैन ।
प्रतिक्रिया दिनुहोस्