१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


युद्धमा होमिएका सैनिकहरु परिवारबाट छुट्टिदाको पीडा


0
Shares

काठमाडौं । सैनिक पेशा भन्ने वित्तिकै युद्धकार्य स्वभाविक मानिन्छ । देशको रणनीति अनुसार सैनिकहरु देशभित्रै वा विदेशमा पनि युद्धका लागि खटिनु पर्ने हुन्छ । त्यसमाथि परिवारबाट छुट्टिएर युद्धकार्यमा खटिनु सैनिक र तिनका परिवारका लागि कति पीडादायी हुन्छ भन्ने कुरा जब उनीहरु युद्ध मैदानबाट घर फर्किन्छन् त्यति बेला प्रकट हुने दृष्यले देखाउँछ ।

सन् २०२२ को फेब्रुअरी २४ मा जब रुसले युक्रेनमाथि आक्रमण गर्यो तव रुसी सेनामा भर्ती भएका जवानदेखि अधिकृतसम्म युद्धमा होमिए र अहिले पनि हजारौं सैनिक युद्ध मैदानमै छन् । युद्धमा हजारौं सैनिकले ज्यान समेत गुमाईसकेका छन् । युद्ध मैदानमा खटिएका आफ्ना मान्छे ज्युँदै फर्किने हो की होइन भन्ने द्विविधामा रहेकै बेला जब अचानक घर फर्किन्छन त्यति बेला अभूतपूर्व खुशी हुनेदेखि अवाक हुने स्थिति बन्ने गरेको छ ।

रुस सरकारले युद्धकै क्रममा सैनिक फेरबदल गर्दा केही समयका लागि परिवार भेट्न सैनिकहरु घर पुग्दा उनीहरु निकै भावबिह्वल हुने गरेका छन् । केही सैनिकहरु भने आफु घर फर्कने संकेत समेत नदिई एक्कासी घर पुग्दा परिवारमा छाउने खुशीको पनि सीमा रहेन । कतिपय सैनिकहरु भने आफ्ना सन्तानलाई भेट्न स्कुलमै पुग्दाको दृष्य झन् भावकु देखिन्थ्यो ।

चाहे महिला सैनिक होस वा पुरुष आफनो सन्तानलाई भेट्न लालायित यिनीहरु घर फर्कदाको यो क्षणले जो कोहीको मन छुन्छ नै । लामो समयसम्म बाउ आमाको माया ममताबाट टाढा रहँदाको पीडा मनभरी साँचेर राखेका बालबालिकाहरुहरु यसरी भावबिब्ह्ल भए । कतिपय सैनिकहरु अचानक घर पुग्दा उनीहरुका अभिभावकमा छाएको खुशी बयान गरिसाध्य छैन ।

सेनामा भर्ती भई देशका लागि प्राणको आहुती दिन तयार भएर युद्ध क्षेत्रमा खटिने सैनिकहरुले परिवारप्रति देखाएको माया मोह अरु कसैको भन्दा कम छैन ।