२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम


91
Shares

काठमाडौं । नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताउनुभयो । उहाँले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताउनुभयो ।

सांसद गौतमले गत सालका पीडितलाई राहत दिन नसक्दै यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताउनुभयो । उहाँले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने बताउनुभयो । उहाँले विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गौतमले भन्नुभयो, ‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु । नेपालमा कुनैपनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्ष्यमा कहाँ यदी भन्ने भन्दा पनि कहिले आउँछ भन्नेकुरा प्रश्न गर्नुपर्छ । यो उच्च जोखिम रहेको क्षेत्र हो । बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ । प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महशुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ ।’

सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको बताउनुभयो ।