काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।
नेपाली काँग्रेस र नेकपा एमालेबिच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
आज प्रतिनिधि सभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जनाइएको छ । नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिन लागेको विश्वासको मतका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्