Logo ३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026


अर्घाखाँचीमा साढे ३४ बोरा डिएपी मल बरामद


403
Shares

अर्घाखाँची । अर्घाखाँचीमा साढे ३४ बोरा लुकाएर राखिएको डिएपी मल बरामद गरिएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा कृषि सहकारीको अनुदानको मल एग्रोभेटले अवैध लुकाइ राखेको पाइएकोले नियन्त्रणमा लिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो ।

सन्धिखर्क –२ चुत्राबेशीको भुसाल एग्रोभेटबाटले साढे १७ बोरा र बन्जाडे एग्रोभेटबाट १७ बोरा गरी साँढे ३४ बोरा डिएपी मल अबैध हिसाबले अवैध रुपमा बेच्न राखेको पाएकोले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य लगायतको टोलीले मल नियन्त्रणमा लिएको बताएको छ ।

कृत्रिम अभाव खडा गर्ने गरी उक्त पसलहरुले अनाधिकृत रुपमा, बिक्री गर्ने गरेको पाइएकोले आवश्यक कार्बाहीको लागि सन्धिखर्क नगरपालिकामा पठाएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख खनालको भनाइ छ ।