Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


गृहमन्त्री लामिछानेविरुद्धको रिटमा सुनुवाई हुने


0
Shares

काठमाडौं । गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथि आज फेरी सर्वोच्च सुनुवाइ हुने भएको छ ।

लामिछानेलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुन लागेको हो ।

गत असार ७ गते लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा १८ असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा लामिछाने विरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गरिएको छ । रिटमा लामिछाने सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिन गर्दाका क्रममा गृहमन्त्रीबाट निलम्बन गर्न माग गरिएको छ । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउन माग गरिएको हो ।