काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टप्पणी गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताउनुभएको हो ।
सांसद पाण्डेले रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिंचाईका लागि दौडनु परेको बताउनुभएको हो । उहाँले किसानहरु मल पाए बीउ नपाउने र बीउ पाए सिंचाई नपाउने अवस्थामा रहेका बताउनुभयो । उहाँले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताउनुभयो । सांसद पाण्डेले यसरी देश कता पु¥याउन खोजिएको हो भनि प्रश्न समेत गर्नुभयो ।
सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताउनु भयो । उहाँले कुनैपनि क्षेत्रमा सहज अवस्था नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्