Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


सरकारद्वारा ८ देशका लागि राजदूत सिफारिस


1.8k
Shares

काठमाडौं । सरकारले ८ वटा देशमा राजदूतहरु सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटा देशका लागि राजदूत नियुक्त गरेको हो ।

जसमा सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतका लागि राजदुतमा सिफारिस हनुुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अमेरिकामा चन्द्रकुमार घिमिरे, भारतका लागि लोकदर्शन रेग्मी, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कको लागि सुम्निमा तुलाधर, मलेसियाको लागि नेत्रप्रसाद तिमल्सिना, बेलायतका लागि डा. विजन पन्त, स्पेनका लागि डा. पुष्पराज राजकर्णिकार, साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गर्ने निर्णय भएको बतउनुभयो ।

त्यस्तै सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली प्रदेशमा गएको पछिल्लो भूकम्पका काराण भएको क्षतिको पुनःनिर्माण र पुनःस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

Skip This