२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


जनप्रतिनिधिकै विरोध प्रदर्शन


0
Shares

नवलपरासी, भदौ २९ । नगरपालिकाले गरेको करवृद्धि र नगर सदस्यहरुलाई दिइने तलब–भत्ताको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले शुक्रबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाअगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सो पार्टीबाट निर्वाचित वडाध्यक्ष र सदस्यहरुसमेत सहभागी थिए ।

नगरसभामा सर्वसम्मतरुपमा करवृद्धि गर्ने निर्णय गरिएको थियो । तर, सो पार्टीबाट निर्वाचित तीन वडाध्यक्ष र ९ जना सदस्यहरु भने निर्णयको विरोधमा जुलुसमा सहभागी भएका हुन् ।

आफ्नै तलब–भत्ताको विरोधका लागि निकालिएको जुलुस भएपनि उनीहरु सहभागी भएका थिए ।

निर्णय खारेजीसहित विभिन्न ९ बुँदे माग राखेर उनीहरुले मेयर नरेन्द्रकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएका छन् ।

करवृद्धिको गुनासो र विरोध हुन थालेपछि नगरपालिकाले कार्यपालिकाको बैठकबाट कर परिमार्जन गर्ने निर्णय गरिसकेको छ ।