२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काँग्रेससहित विपक्षी दलहरुको संयुक्त बैठक बस्दै


650
Shares

काठमाडौं । नेपाली काँग्रेससहित विपक्षी दलहरूको संयुक्त बैठक बस्दैछ । बैठक आज बिहान १० बजे संसद भवन नयाँबानेश्वरस्थित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ ।

आज संघीय संसदमा बजेट भाषण हुनुअघि विपक्षी दलहरुको संयुक्त रणनीति तय गर्न सभापति देउवाले विपक्षी दलहरूको बैठक बोलाउनुभएको हो । देउवाले विपक्षी दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ ।

विपक्षी दलहरुको बैठक सकिएलगत्तै नेपाली काँग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । कांग्रेसले केही समयदेखि सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो । पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी दिन पनि काँग्रेसले दलको बैठक बोलाएको बताइएको छ ।