३ असार २०८१, सोमबार | Mon Jun 17 2024


कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउन सहमति


5.746k
Shares

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा सो सहमति जुटेको हो ।

यद्यपि शिर्ष नेताहरुको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताउनुभयो । उहाँकाअनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

शिर्ष नेताहरुको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउन सत्ता पक्षले सहकारीको रकम अपचलन गर्ने कम्पनीको नाम तोकेर कार्यादेश बनाउन तयार भएको बताउनुभयो ।

उहाँले कम्पनीको छानबिन गर्दै जाँदा अपचलन गर्नेहरुको नाम स्वतः आउँदै जाने बताउनुभयो ।