१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मन्त्री महासेठलाई उपहार भन्दै मेयर साहले पठाए एक ट्रक धूलो


5.486k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनुभएको छ ।

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाउनुभएको हो ।

उहाँले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बताउनुभयो । साहले शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा राख्नुभएको हो ।

धूलो जनताले मात्र खाँदा राम्रो नहुने भन्दै जबसम्म काम अगाडि बढाइदैन हरेक दिन पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने र त्यसलाई स्वीकार गर्न बालेनले आग्रह गर्नुभएको छ ।