Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैन : न्यायाधीश फुँयाल


0
Shares

काठमाटौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

न्यायाधीश फुँयालले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन बाँकी रहेको बताउनुभयो । न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताउनुभयो । उहाँले अदालती रिपोर्टिङमा केही चुनौतिहरु अझै रहेको बताउनुभयो । उहाँले अहिलेको अदालती रिपोर्टिङ राजनीतिक रिपोर्टिङसँग जोडेर लिने गरिएको उल्लेख गर्नुभयो । न्यायाधीश फुँयालले कतिपय न्यायाधीशहरु पनि मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको भन्दै मिडिया ट्रायल प्रभावमा न्यायाधीशहरु बहकिनु नहुने बताउनुभयो ।

न्यायाधीश फुँयालले अन्य देशमा लिगल रिपोर्टिङको अवस्थाका बारेमा पनि छलफल गर्न जरुरी रहेको बताउनुभयो ।