३ असार २०८१, सोमबार | Mon Jun 17 2024


प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची


1.092k
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा अहिलेसम्म छलफल हुन सकेको छैन । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुने हो ।

सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुनेछ । त्यसपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने र पारित हुनेछ ।

गृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन गरेको भन्ने बारेमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशमा सहमतिका लागि गठित कार्यदलको बैठकमा सहमति हुन नसक्दा संसद अवरुद्ध भइरहेको छ ।