 
	    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरुको सेवामा सुधार ल्याउने बताउनुभएको छ ।
बुधबार अपरान्ह स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकमीमाझ स्वास्थ्यमन्त्री यादवले सो प्रतिक्रिया दिनुभएको हो ।
स्वास्थ्यमन्त्री यादवले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरुको अनुगमनको काम शुरु गरेको उल्लेख गर्दै सबै अस्पतालहरुको अनुगमन गरी सुधार गर्ने दृढता व्यक्त गर्नुभयो । त्यस क्रममा मन्त्री यादवले समयमै आफ्नो ड्युटीमा नआउने चिकित्सकहरुलाई तत्काल कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । त्यस क्रममा उहाँले तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सो अस्पतालबाट धेरै जनशक्ति हटाएको विषयमा चासो व्यक्त गर्दै त्यसबारे पनि खोजी गर्ने बताउनुभयो । मन्त्री यादवले सेवाग्रहीलाई सहज सेवा उपलब्ध गराउन पनि वीर अस्पतालको व्यवस्थापनलाई सचेत गराउनुभयो ।
त्यस अवसरमा मन्त्री यादवलाई अस्पतालका उपकुलपति प्रा. डा भूपेन्द्रकुमार बस्नेतलगायतका पदाधिकारीहरुले अस्पतालको सेवाको अवस्था र त्यसका लागि प्रवन्ध गर्नुपर्ने व्यवस्थाका विषयमा जानकारी गराउनु भएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्