११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


एमाले संसदीय दलको बैठक सुरु


0
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ ।

बुधबार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली कांग्रेसले संसद बैठक र सडक संघर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो ।

बैठकमा गिरीबन्ध टि स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ ।