११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


चलचित्र ‘एक्टर’को छायांकन सुरु


0
Shares

काठमाडौं । चलचित्र ‘एक्टर’को छायांकन शुक्रबार सुरु गरिएको छ ।

पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

चलचित्रको शुभसाइत समारोहमा नायक प्रदिप खड्का र नव–नायिका दिव्या रायमाझी क्यामेरा पूजा गर्दै छायांकन सुरु गरेका थिए ।

राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

नायक खड्काले पहिलो पटक चलचित्रमा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन ।

यो चलचित्रको छायांकन पोखरामा १० दिन गरिने छ । काठमाडौंमा भने छायांकन एक महिना गरिने निर्माणपक्षले बताएको छ । थमन कुमारी भण्डारी यो चलचित्रमा निर्माता हुन । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन् । चलचित्रको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् । चलचित्रलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजालाई प्रदर्शन गरिने छ ।