११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


सुनकोशी–मरिण डाइभर्सन, सुरुङ ब्रेक थ्रु : प्रधानमन्त्री दाहाल आजै सिन्धुली जाने


1.001k
Shares

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल आज सिन्धुली बास बस्दै जाने हुनुभएको छ ।

सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको रुपान्तरणकारी आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सकिएसँगै सो सुरुङगको ब्रेक थ्रु गर्नका लागि प्रधानमन्त्री दाहाल सिन्धुली जान लाग्नु भएको हो ।

भोली वैशाख २६ गते तय गरिएकोे सुरुङको ब्रेकथ्रु कार्यक्रमका लागि प्रधानमन्त्री आजै सुनकोशी गाउपालिका ५ मुलकोटस्थित क्वालिटी बीच रिसोर्टमा बस्नु हुने तय भएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल उर्जा जलश्रोत तथा सिंँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसहित आज अपरान्ह नेपाली सेनाको हेलिकोप्टरबाट सो रिसोर्टमा पुग्ने र भोली रिसोर्टबाट करिव ९ किलोमिटरको दुरी सुनकोशी गाउपालिका ७ को मझुवा कानढुंग्रीमा दिनको ११ बजे आयोजित विशेष समारोहमा रिमोटबाट सुरुङ्गको ब्रेकथ्रु गर्ने तयारी रहेको जनाइएको छ ।