६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


उपप्रधानमन्त्री श्रेष्ठ र जापानकी विदेशमन्त्री कामिकावाबीच भेटवार्ता


260
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानका विदेशमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री बीच भेटवार्ता भएको छ ।

नेपालको एक दिने सद्भावना भ्रमणका लागि आउनु भएकी जापानकी विदेशमन्त्री कामिकावाले आइतवार अपरान्ह सिंहदरबारमा पुगेर उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गर्नुभएको हो ।

दुई पक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरुलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उहाँले बताउनुभयो । उहाँहरुबीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाबारे पनि छलफल भएको थियो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले जापानलाई पुरानो असल मित्रको रुपमा र हाम्रो अत्यन्तै ठूलो विकास साझेदारको रुपमा लिएका छौं । त्यसकारणले हाम्रो सम्बन्धलाई दुई पक्षीय सम्बन्धलाई र यसको सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ गरेर बिस्तार गर्ने बारेमा सबै पक्षहरुमा अहिले छलफल भएको छ । यो औपचारिक सद्भावना भ्रमणमा कुनै कुनै एग्रीमेन्ट वा कुनै एमओयूको एजेण्डा छैन । र हामीले हाम्रा बीचका दुई पक्षीय सम्बन्धहरुलाई अझ दह्रो कसरी बनाउने, मतबुत कसरी बनाउने ? हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरुलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा छलफल भएको छ । र हामीले स्वभाविक रुपमा दुई वटा विदेश मन्त्रीहरुले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा विश्वका विभिन्न अन्तराष्ट्रिय मामलाहरुको बारेमा पनि छलफल भयो ।’

जापानकी विदेशमन्त्री कामिकावा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिने भ्रमणका क्रममा नेपाल आउनुभएको हो । उहाँ राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आजै स्वदेश फर्कनु हुनेछ । त्यसअघि उहाँले आफ्नो सम्मानमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आयोजना गर्नुभएको रात्री भोजमा सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।