३ असार २०८१, सोमबार | Mon Jun 17 2024


मिस्टर एण्ड मिस नेसनल नेपालको उपाधि ‘धीरजकाजी’ र ‘सजिना’लाई


1.365k
Shares

काठमाडौं । धीरजकाजी बस्नेत यस वर्षको मिस्टर सुपर नेसनल नेपाल र सजिना खनाल मिस सुपर नेशनल नेपालमा विजयी हुनुभएको छ ।

बुधबार काठमाडौंमा भएको “मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४” प्रतियोगिताको ग्राण्ड फिनालेबाट उहाँहरु विजयी हुुनुभएको हो ।

सनुर्वी इन्टरनेसनलले आयोजना गरेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा टप २९ जना प्रतिस्पर्धीहरु सहभागी थिए । मिस्टर एन्ड मिस नेसनल नेपालले ५ लाख बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

प्रतियोगिताका विभिन्न विधाका उत्कृष्टहरुले पनि विभिन्न टाइटल जितेका छन् । यसअघि नै ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्ड भैसकेको थियो । यी राउण्डमा प्रतिस्पर्धीहरुले आफ्ना प्रतिभा देखाइसकेका थिए ।

विजेताहरु मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ । ग्राण्डफिनालेको ईमेज च्यानलले प्रत्यक्ष प्रसारण गरेको थियो ।