१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


चलचित्र ‘नमेटिने घाउ’मा अध्यक्ष ओलीको अभिनयसँगै सकियो चलचचित्रको छायांकन


546
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ छायांकन सुरु गर्नुभएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङ सुरु गर्नुभएको हो ।

चलचित्रमा अध्यक्ष ओलीको भुमिका प्रधानमन्त्रीको रहेको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । चलचित्र अभिनेता रमित ढुङ्गाना हुनुहुन्छ । केही दिनअघि मात्रै चलचित्रमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि अभिनय गर्नुभएको थियो । छायांकनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चलचित्र निर्देशक रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकारहरु रहेको बताउनुभयो । उहाँले आज अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१ औं दिनमा चलचित्रको छायांकन समेत सकिएको बताउनुभयो ।

सामाजिक कथावस्तुमा आधारित फिल्म पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भइसकेको छ ।