२ असार २०८२, सोमबार | Mon Jun 16 2025


स्काउटको जग्गा हडपेको भन्दै मेरो चरित्रहत्या भयो : दीपक खड्का


4.537k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्व राज्यमन्त्री दीपक खड्काले लैनचौरस्थित स्काउटको जग्गा सम्बन्धमा आफूलाई मुछिएको भन्दै आपत्ति जनाउनु भएको छ ।

प्रशासनले लैनचौर पार्टी प्यालेसमा हिजो तालाबन्दी गरिदिएपछि शुक्रबार पत्रकार सम्मेनल गर्दै खड्काले स्काउटको जग्गा हडपेको भन्दै आफ्नो चरित्र हत्या गरिएको जिकीर गर्नुभयो ।

नेपाल स्काउट र खड्का ल्याण्ड डेप्लभमेन्टबीच २०६३ साल पुस ४ गते १० वर्षका लागि स्काउटको जग्गा भोगचलन सम्बन्धि सम्झौता भएको र २०७३ साल चैत्र १८ गते म्याद थप भएको भन्दै उहाँले वास्तविकता नबुझी सरकारले हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।

ब्यावसायीक सम्झौता अनुसार समय सिमा रहुन्जेल सम्म कुनै पनि बाधा नगर्न काठमाडौ जिल्ला अदालतदेखि पाटन उच्च अदालतसम्म दिएको आदेशको समेत अवहेलना गरिएको उहाँको गुनासो थियो ।