१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ गरिेने


1.703k
Shares

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ गरिेने भएको छ । आज दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा ब्रेक थ्रुको सन्देश दिनु हुनेछ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यस सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ ।

आयोजनाको उद्धार सुरुङ (रेस्क्यु टनेल) भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ ।

आयोजना निर्माणको सुरुआती सम्झौता अनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नु पर्नेमा केही समय ढिला भएको हो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल ९ वटा ब्रिज र एउटा फ्लाइओभर रहेका छन् । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान लाइटिङ, अक्सिजन पाइप जडान, भेन्टिलेसन लगायतका काम भने बाँकी रहेको आयोजनाले जनाएको छ ।