७ असार २०८२, शनिबार | Sat Jun 21 2025


नेकपा एमालेको सचिवालय बैठक आज बस्दै


143
Shares

काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । आइतबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा तीन वटा विषयमा छलफल हुने जनाइएको छ ।

एमालेले वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेकोमा बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी रहेको छ । आजको सचिवालय बैठक त्यसैको तयारीका लागि बैठक केन्द्रित हुने एमाले सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । यही वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम—२ मा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेकोमा आजको बैठकले उपनिर्वाचनको तयारी लगायतको विषयमा पनि निर्णय गर्ने भएको छ ।