Logo ३१ भाद्र २०८३, बुधबार | Thu Sep 17 2026


निजी अस्पतालले उपचारको नाममा व्यापार गरे : सांसद भट्ट


208
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार राष्ट्रिय सभामा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भिर नभई उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताउनुभएको हो ।

उहाँले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो । सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले धान्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई दवाव दिनुभयो ।

सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराउनुभयो ।