
काठमाडौं, असार ५ । अघिल्लो दिन सामान्य सकारात्मक रहेको सेयरबजार मंगलबार पुनः ओरालो लाग्यो ।
बजार परिसूचक नेप्से करिब ९ अंकले झरेर १२ सय २६ मा आएर थामियो । कारोबार पनि अघिल्लो दिन सरह नै न्यून रह्यो ।
यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो । बिमा समूहमा सबैभन्दा उच्च ९३ अंकको गिरावट आयो ।
उत्पादनमूलक, विकास बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले झर्दा अरु समूह सामान्य अंकले रातो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५७ कम्पनीका ५ लाख ८७ हजार कित्ता सेयर जम्मा २० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्