Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


दुई संसदीय समितिको बैठक बस्दै


221
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान साढे १० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा समितिको सभापतिको निर्वाचन हुनेछ ।

त्यस्तै साढे १० बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय सभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम यस समितिको सभापतिको रिक्त पदको निर्वाचन तथा समितिमा मनोनित भई आउनुभएका नयाँ सदस्यहरुको स्वागतको कार्यक्रम रहेको छ ।