१० जेष्ठ २०८१, बिहिबार | Fri May 24 2024


राष्ट्रिय सभा अध्यक्ष पदका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता


1.3k
Shares

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धन माओवादीका उम्मेदवार दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी रहेका छन् । यस्तै समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद रहेका छन् ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार शर्माको प्रस्तावकमा काँग्रेसका आनन्दप्रसाद ढुंगाना रहेका छन् भने समर्थनमा काँग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह रहेका छन् ।