१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको छु : मन्त्री राई


221
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेका रिक्ततालाई परिपूर्ति गर्ने ढंगले काम गरिरहेको बताउनुभएको हो ।

मन्त्री राईले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव भएको भन्दै परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानुनहरु बनाउनुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउने अन्तिम चरणमा रहेको बताउनुभयो । त्यस्तै, उच्च शिक्षा सम्बन्धी ऐनपनि संसदमा छिट्टै ल्याउने गरी काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री राईले निजी क्षेत्रलाई सार्वजनिक गुठितर्फ अगाडी बढाउनेगरी प्रेरित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।