Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै


273
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक १२.०९ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको ’राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यसैगरी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक बडापत्र’ प्रस्तुत गर्नेलगायतका सम्भावित कार्यसूची छ । यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले ’भन्सार विधेयक, २०८० माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।