६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024


विकास बजेट खर्च नहुने समस्या विकराल छ : सांसद शर्मा


0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा देशमा राजस्व संकलन कम हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो ।

सांसद शर्माले विकासका निम्ति छुट्याइएको विनियोजित बजेट खर्च नहुने समस्या विकराल बन्दै गएको बताउनुभयो । उहाँले देश अहिले आक्रान्त रहेको बताउनुभयो । उहाँले सरकारको ध्यान चाँडो भन्दा चाँडो यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सांसद शर्माले देशको विकास र समृद्धिसँग जोडिएका कुरालाई सरकारको आवश्यक चासो दिन नसकेको बताउनुभयो ।