Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


शिक्षा क्षेत्रमा देखिएको अन्यौलता हटाउने शिक्षामन्त्री राईको दाबी


403
Shares

ओखलढुंगा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सरकारले स्थानीय तहको अभिभावकत्व हुनेगरी विद्यालय शिक्षा परिचालन गर्ने योजना अगाडि बढाउन लागेको बताउनु भएको छ ।

ओखलढुंगाको सुनकोसी गाउँपालिका– ३ को कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री राईले वर्तमान सरकारले शिक्षा क्षेत्रमा देखिएको अन्योलता, अस्तव्यस्तता, अराजकता अन्त्य गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि विद्यालय शिक्षा सम्बन्धी विधेयक, उच्च शिक्षा सम्बन्धी विधेयक र प्राविधिक शिक्षा सम्बन्धी विधेयक जारी गर्न लागिएको बताउनुभयो ।

मन्त्री राईले आउँदो वर्षे अधिवेशनबाट विधेयक जारी भएपछि त्यसले संघ, प्रदेश र स्थानीय तहको अधिकारलाई स्पष्ट रेखांकन गर्ने बताउनुभयो । विधेयक जारी भएपछि नेपालको शिक्षा क्षेत्रमा शैक्षिक क्रान्ति आउने मन्त्री राईको दावी छ ।

Skip This