
काठमाडौं । भुँडी गणेश भजन कीर्तन संघको आयोजनामा काठमाडौंको क्षेत्रपाटीमा श्रीमद्भागवत सप्ताह सुरु भएको छ ।
मन्दिर सञ्चालनका लागि कोषको स्थापना तथा भूकम्प, कोभिड र डेंगीलगायत अन्य कारणले दिवंगत भएकाहरुको आत्माको मोक्ष्यको कामनासहित सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनाएका छन् ।
श्रीमद्भागवत सप्ताह बाचन आचार्य गोकर्ण (भागवत शरण)ले गर्नुभएको छ ।
सप्ताह ज्ञान महायज्ञ सुरु हुनु अघि कलसयात्रा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्