२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


संसदीय छानबिन समिति गठन गर्न माग


0
Shares

काठमाडौं, भदौ २८ । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गरेका छन् ।

बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै यसका लागि प्रहरी संगठनभित्र नयाँ शाखा स्थापना गर्न सुझाव दिए ।

उनीहरुले सिंहदरबार पश्चिम ढोकामाथि हरियाली छाएको व्यंग्य गर्दै वैदेशिक रोजागारीलाई व्यवस्थित गर्न र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न जमिन अधिग्रहणकार्य कहाँ पुग्यो ? भन्ने प्रश्न गरे ।

सांसदहरुले महिलाको सुरक्षा बढाउन, प्रदेशका राजधानी तोक्न पनि सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसरी आफ्नो भनाइ राख्नेमा विन्दा पाण्डे, विमला विश्वकर्मा, विरोध खतिवडा, शेरबहादुर तामाङ, सरिताकुमारी गिरी, सरिता गिरी, सीतादेवी यादव, सुजाता कोइराला, सुजाता परियार, सञ्जयकुमार गौतम, ज्ञानकुमारी छन्त्याल, ज्ञानेन्द्रकुमार कार्कीलगायत थिए । रासस