काठमाडौं, भदौ २८ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सो जानकारी दिँदै उनले नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्याराको खोजीकार्य जारी रहेको बताए ।
मन्त्री ढकालले सदनको शुक्रबारको बैठकमा सम्बन्धित मन्त्रीले प्रमुख प्रतिपक्षी दलले उठान गरेको विषयमा सदनमा जवाफ दिने जानकारी गराए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनको शुक्रबारको बैठकमा बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउन, नेपाल तरुण दल रोल्पाका रोल्पा नगर अध्यक्ष रोहित पुनको हत्यारालाई पक्राउ गर्न र पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई रिहा गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्