Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


गल्याङमा दोस्रो आलु तथा कृषि महोत्सव २०८० हुने


299
Shares

स्याङ्जा । स्याङ्जाको गल्याङ चेम्बर अफ कमर्शले दोस्रो आलु महोत्सव तथा कृषि प्रदर्शनी २०८० सञ्चालन गर्ने भएको छ ।

दोस्रो गल्याङ नगर कृषि प्रदर्शनीको आधार, आलु तथा अन्य विउमा आत्मनिर्भर भन्ने मुल नाराका साथ यही फागुन २६, २७ र २८ गते सञ्चालन हुने दोस्रो आलु तथा कृषि प्रदर्शनी २०८० मूल समारोह समिति संयोजक तथा गल्याङ चेम्बर अफ कमर्शका अध्यक्ष पूर्ण बहादुर रानाभाट (अर्जुन)ले जानकारी दिनुभयो ।

गल्याङ नगरपालिका– ११ जिमुहाँस्थित खेलमैदानमा आयोजना हुने कृषि महोत्सवमा आलुका विभिन्न परिकार प्रदर्शनी गर्ने तथा स्थानीय स्तरमा उत्पादित कृषि उपजको बिक्री वितरण गर्ने, आन्तरिक तथा बाह्य दर्शक एवम् पर्यटक भित्र्याउने तथा दर्शकहरुलाई आकर्षित गर्न आलु प्रदर्शनी तथा बिक्री, ताजा तरकारी प्रदर्शनी, कृषि प्रदर्शनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने सांकृतिक संयोजक दल बहादुर सिंजालीले बताउनुभयो ।

आलु तथा कृषि प्रदर्शनीमा पूण निःशुल्क रुपमा २० वटा स्टल रहनेछ भने २० लाख रुपैयाँसम्मको व्यापारीक कारोबार गर्ने र १४ हजारभन्दा बढी दर्शक भित्रृयाउने अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।