काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दाहालले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको हो ।
सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गर्नुभयो ।
सांसद दाहालले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई स्पष्टिकरण नलिएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आलोचना गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्