७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


चलचित्र ‘दयारानी’ माघ २६ गतेदेखि प्रदर्शन हुने


390
Shares

काठमाडौं । नेपाली चलचित्र दयारानी यही माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र बनेको बताए ।

चलचित्रमा दम्पतीबीच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दिया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ ।

सातभन्दा बढी गुरुङ चलचित्र निर्देशन गरेका माओत्सेले यो चलचित्रबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।