६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


सुदूरपश्चिमले मधेशलाई हरायो


325
Shares

बैतडी । मैयादेवी मेमोरियल उन्नाईस वर्षमुनिको महिला टि-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले मधेश प्रदेशलाई ६ विकेटले हराएको छ ।

मधेशले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले १७ दशमलव ४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । जसमा सावित्री धामीले अविजित ४३ र निलम पाण्डेले २२ रनको योगदान गरिन् ।

मधेशका लागि मिना महतोले २ र प्रतिमा शाहले १ विकेट हात पारिन् । यसअघि चितवनको गौतम बुद्ध क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो । उसका साहाना प्रविनले सर्वाधिक ३४ रन बनाइन् ।

सुदूरपश्चिमका लागि अनु कडायतले २, करिश्मा थापा र स्नेहा महराले १/१ विकेट लिए । सुदूरपश्चिमकी सावित्री धामी प्लेयर अफ द म्याच घोषित भइन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा मैयादेवी श्रेष्ठको स्मृतिमा प्रतियोगिता माघ १२ गतेदेखि सुरु भएको हो ।

प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीको सहभागीता रहेको छ ।