Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं, भदौ २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टी एकता, सरकारको काम–कारबाहीलगायत विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक दिउँसो ३ बजेपछि बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठकमा तल्ला कमिटीको पार्टी एकता र सरकारको काम–कारबाहीबारे छलफल हुने नेताहरुले बताएका छन् । केन्द्रमा नेकपाको एकता भए पनि प्रदेश, स्थानीय तहदेखि जनवर्गीय संगठनमा अझै टुंगिएको छैन । जसले गर्दा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अन्योलको अवस्था सिर्जना भएको छ ।

आज बस्ने बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा नेताहरुले गरेका छन् ।