Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


नेपाली काँग्रेसले मेलमिलाप दिवस मनाउँदै


39
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले आज ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदैछ ।

प्रज्ञा भवन कमलादीमा दिउँसो १ बजे हुने मेलमिलाप दिवसको कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । काँग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ ।

यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायले सम्बोधन गर्नुहुने जनाइएको छ ।