Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था छैन : अध्यक्ष हुमागाईं


0
Shares

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको छ ।

बिहीबार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष हुमागाईंले अहिले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको हो । उहाँले विज्ञापन गरेको पैसा राष्ट्र बैंकले पठाउने अवस्था नदेखिएको उहाँले बताउनुभयो ।

अध्यक्ष हुमागाईंले विधि, विधान नबनुन्जेल विज्ञापन बोर्डले पनि सिफारिस गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले विज्ञापन बोर्डमा विदेशी मुद्रा सटहीको लागि भनेर आएका निवेदनहरु रोकेर राखिएको बताउनुभयो । उहाँले सरकारलाई २८ प्रतिशत कर तिरेर बसेकाहरुलाई पनि बोर्डले सिफारिस नगरेको बताउनुभयो ।

अध्यक्ष हुमागाईंले विज्ञापन बजारमा आएको अलमलका कारण विज्ञापन बजार घटिरहेको बताउनुभयो । विज्ञापनले टिआरपी नपाउँदा सामाजिक सञ्जालतर्फ आकर्षित भइरहेका उहाँले उल्लेख गर्नुभयो ।