काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरको माग सम्बोधन हुनुपर्ने बताउनुभएको छ ।
सोमबार भृकुटीमण्डपस्थित खुला बजारको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो कार्यकालमा जे भाषण गरिन्छ त्यो काम पूरा गर्नेगरी अघि बढेको बताउनुभयो ।
मन्त्री आचार्यले भृकुटीमण्डपको अस्तव्यस्ततालाई सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्लास्टिकको छानालाई सेमि स्टलको रुपमा व्यवस्थित गर्न र ढल, खानेपानी, र शौचालयको व्यवस्थापनको काम एक महिना शुरु गरिसक्न भृकुटीमण्डप सञ्चालन विभागलाई निर्देशन दिनुभयो ।
मन्त्री आचार्यले केही व्यापारीहरु भृकुटीमण्डपको व्यापार छोडेर अन्यत्र जान चाहने तर हक ट्रान्सफर नहुने समस्या रहेको भन्दै यस समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्