१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन : अध्यक्ष ओली


221
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ ।

सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनुभएको हो । उहाँले देश विकास र दिगो रक्षाको लागि देशभक्त, सुशासन, शान्ति, विकास प्रेमि र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको बताउनुभयो । उहाँले अब एमाले फेरी उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभए बहुमत सहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताउनुभयो ।

अध्यक्ष ओलीले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन २०८४ का लागि पार्टी पंक्तिलाइ अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले समृद्ध नेपाल शुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पार्नुभयो ।