
काठमाडौं, असार ५ । स्वीडेनको माल्मोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । सोमबार राति भएको सो घटनामा अरु थुप्रै घाइते भएका छन् ।
स्वीडेनको दक्षिणी क्षेत्रमा रहेको माल्मोस्थित रेस्टुराँमा प्रवेश गरेका ती व्यक्तिले रेस्टुराँमा रहेकाहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेको स्वीडेनका अधिकारीहरुले बताएका छन् ।
प्रहरीचौकीनजिक रहेको सो रेस्टुराँमा गोली प्रहार गरेका ती व्यक्ति कार चढेर भागेको बताइएको छ ।
घटना आतंकवादसँग सम्बन्धित नभएको भन्दै स्वीडेनका अधिकारीहरुले घटनाबारे छानबिन भइरहेको र अभियुक्तको खोजी जारी रहेको बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्