२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


ललितपुर महानगरले मनायो विश्व स्वयम्सेवक दिवस


169
Shares

काठमाडौं । आज अथात् डिसेम्बर ५ मा विश्व स्वयम्सेवक दिवसको रुपमा मनाउँदै आइरहेको छ ।

अन्तरराष्ट्रिय स्वयमसेवक दिवसको उपलक्ष्यमा देशै भर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

२०५४ सालदेखि स्वयमसेवा काम सुरु गरेको ललितपुर महानगरपालिकाले “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला समुदाय स्वास्थ्य स्वयम् सेविकाको सयुक्त प्रया“ नरासहित २०औं महिला सामुदायिक स्वास्थ स्वयम् सेविका दिवस २०८० कार्यक्रम आयोजना गरेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य स्वयमसेवकले समुदायमा गर्दै आएको योगदानको कारण ललितपुर महानगरपालिकाले अब्बलदर्जा प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले समुदायमा पुगेर आफूले जानेका कुरा सिकाउनु र स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनु स्वास्थ्य स्वयमसेविकाको मुख्य भुमिका रहेको कार्यक्रममा सहभागी स्वयमसेविकाहरु बताउनुभयो ।

सन१९८५ को सयुक्त राष्ट्रसघको महासभाले डिसेम्बर ५ लाई स्वयमसेवक दिवसको रुपमा मनाउने पारित गरे देखि डिसेम्बर ५ दिन बिश्वले स्वयमसेवक दिवस मनाउन सुरु भएको हो ।

प्रोत्साहन कार्यक्रम गर्दै आएको महानगरपालिकाले कार्यक्रममा उत्कृष्ट काम गरेका स्वयमसेविकाहरुलाई पुरस्कृत गरेको छ । ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा महानगरको २९ वटै वडाका स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।